काठमाडौ, मंसिर १८ । गायक ऋषि खड्का र मिना कार्कीको सुमधुर स्वरमा रहेको गीत ‘फुर्के रिबन’ सार्वजनिक भएको छ । गायक ऋषि खड्काले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याउनुभएको छ । गीति लेखन, संगीत सिर्जना र गायनमा समेत आफूलाई अब्बल स्थानमा राख्न सफल खड्काको सिर्जनाले अशंख्य श्रोता तथा दर्शकहरुको मन जिति सक्नुभएको छ । गायक ऋषि खड्का र मिना कार्कीको नयाँ सागीतिक कोसेली ‘फुर्के रिबन’ श्रोता दर्शक माझ लिएर आउनुभएको छ । नेत्र अर्यालको उत्कृष्ट शब्द सिर्जना रहेको गीतमा ऋषि खड्का गायक आफैले संगीत भरेका छन् भने श्यामश्वेत रसाइलीले एरेन्ज गर्नुभएको हो ।
बिक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोमा पुष्प खड्का र मिना कार्कीको अभिनय रहेको भिडियोमा अन्य कलाकारहरुले साथ दिनुभएको छ । प्रकाश खड्काले छायांकन गर्नुभएको हो भने भिडियोमा कैद दृश्य उपत्यका र नेपालको विभिन्न रमणीय ठाउँमा छायांकन गरिएको गीतको भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन गर्नुभएको हो । ‘फुर्के रिबन’ बोलको गीत गायक ऋषि खड्काको अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
भिडियो लिंक
https://www.youtube.com/watch?v=evwx2RvD704