Kath khabar
राती १२ बजेबाट अन्तर्राष्ट्रिय उडान पनि बन्द

काठमाडौं, वैशाख २३ । सरकारले बिहीबार (आज) राती १२ बजेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय व्यवसायिक उडान बन्द गर्ने भएको छ । यसघि सरकारले गत सोमबार राती १२ बजेदेखि आन्तरिक उडान बन्द गरिसकेको छ । कोरोना संक्रमणलाई रोक्न भन्दै गत आइतबार मन्त्रिपरिषद्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो । त्रिभुवन विमानस्थलका प्रबन्ध निर्देशक हिराजन काफलले मन्त्रिपरिषदको निर्णय अनुरुप राती १२ बजेदेखि अन्तर्राष्ट्रिय व्यवसायिक उडान बन्द गरिने बताउनु भयो । 

गत  आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राती १२ बजेदेखि आन्तरिक उडान बन्द भएको छ भने बिहीबार राती १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द हुँदै छ । सरकारले कोरोना महामारीको चेन ब्रेक गर्नको लागि आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायिक उडान बन्द गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उडडयान मन्त्रालयका अधिकारीहरुले बताँउदै आउनु भएको छ । 

मन्त्रिपरिषदको निर्णय अनुरुप यो सँगै आन्तरिक र अन्तर्राष्ट्रिय उडानको हकमा वैशाख २० गते राती १२ बजेदेखि वैशाख मसान्तसम्म नियमित आन्तरिक हवाइ उडान स्थगन गर्ने, वैशाख २३ गते राती १२ बजेदेखि वैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय हवाइ उडान स्थगन हुने भएको छ ।

यसैबीच मन्त्रिपरिषद्को निर्णयअनुरुप नै निषेधाज्ञामा पनि नेपाल–भारत उडान भने साताको दुईवटा हुने छ । नेपाल-भारतका दुई मुलुकका नागरिकलाई मात्र उडान भर्न दिने एयर-बबल अवधारणालाई नेपाल सरकारले दुई मुलुकबीचको उडानलाई भने निरन्तरता दिएको छ । मन्त्रालयका अनुसार नेपाल-भारत एयरबबलमार्फत हुने उडान भने साताको दुईवटा उडान भने सूचारु हुनेछ भने चार्टर्ड, उद्धार तथा आपत्तकालिन उडानहरु भने एयरलाईन्सहरुले निर्वाध रुपमा भर्न पाउने छन् ।

यस्तै चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने/जाने यात्रुहरूको बारकोड र फोटो सहितको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ भने स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटेलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल भारतबीच कायम एयर बबल सुविधा अन्तर्गतका दुईतर्फी उडानहरू हप्ताको दुई वटामा सीमित गर्ने कार्यलाई भने निरन्तरता दिइने छ  । 

यस्तै सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले होटेल क्वारेन्टिनमा बसे/नबसेको दैनिक अनुगमन गरी कोभिड-१९ संकट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन गर्ने, होटेल क्वारेन्टिनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापदण्ड पालना नगरेको र क्वारेन्टिनमा नबसेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम मुकरर अधिकारी समक्ष कारबाहीको लागि लेखी पठाउने कार्यले भने निरन्तरता दिने बताएको छ । कुनै पनि उडानमा पिसिआर पोजेटिभ भएका यात्रुलाइ बोर्डिङ पास दिइ यात्रा गराएमा सो उडानका सबै यात्रुको क्ववारेन्टिन खर्च सम्बन्धित एयरलाइन्सले व्यहोर्ने व्यवस्था भने कडाइका साथ लागू गरिने छ ।

यस्तै अध्यागमनका अनुसार अप्रिल महिनामा नेपालका सहित एक सय ४५ वटा मुलुकबाट गरी ८० हजार ८ सय ९९ जना विदेशबाट नेपाल आएका र ६९ हजार ३ सय ५२ जना नेपालबाट हवाई मार्ग हुँदै विदेश गएका छन् । विमानस्थलका अनुसार बुधबार मात्रै २ हजार २ सय ८९ जना यात्रु हवाई मार्गबाट नेपाल आएका छन् भने ३ हजार ८ सय ३८ जना नेपालबाट बाहिरीएका छन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update