जार्कता, मंसिर १९ । इन्डोनेसियाको जाभा टापुमा ज्वालामुखी विष्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । विष्फोटपछि माउन्ट सुमेरुबाट खरानी निस्कीएको र जसले स्थानीयलाई नराम्ररी असर पारेको छ ।
पूर्वी जाभा प्रान्तको माउन्ट सेमेरुमा ज्वालामुखी विष्फोट हुँदा हजारौं विस्थापित भएका छन् । विष्फोटमा दुई गर्भवती सहित ९८ जना घाइते भएका छन् । मृत्यु हुनेको संख्या बढन सक्ने भनिएको छ । विस्फोटनबाट लुमाजुङ जिल्ला वरपरका स्थानीयहरु प्रभावित हुनु पुगेका छन् ।
ज्वालामुखीबाट निस्कीएको बाक्लो धुँवाले गाउँनै अन्धकार बनाएको थियो । ज्वालामुखीका कारण फसेका स्थानीयहरुलाई सुरक्षित स्थानमा लगिएको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार इन्डोनेसियाको प्रकोप न्यूनीकरण एजेन्सीले ज्वालामुखी विष्फोटमा परी घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाएको छ । विष्फोटपछि त्यस क्षेत्रमा बिजुली र टेलिफोन सेवा अवरुद्द छ ।
ज्वालामुखी विष्फोट भन्दा अगाडि बिहानको करिब ३ बजे सानो परिमाणमा आगो देखिएको थियो ।