Kath khabar
महिला क्रिकेट टोलीकी उपकप्तान सीता हङकङको टी–२० फ्रेन्चाइजमा छनोट

काठमाडौं, मंसिर १९ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता राना मगर हङकङमा हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्मिटेसनल–२०२२ का लागि छनोट हुनु भएको छ । क्विन्स इभेन्ट म्यानेजमेन्टले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।

म्यानेजमेन्टका अनुसार सीता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली महिला क्रिकेट खेलाडी हुन् । फेयर ब्रेक इन्मिटेसनल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यताप्राप्त महिला टी–२० क्रिकेट प्रतियोगिता हो । यो प्रतियोगिता आगामी सन् २०२२ मेमा हङकङमा हुँदैछ ।

६ टोली सम्मिलित प्रतियोगितामा भारतकी हर्मप्रित कौर, पाकिस्तानकी सना मिरजस्ता चर्चित खेलाडीको सहभागिता रहनेछ । क्रिकेटका माध्यमबाट लैंगिक समानता र महिलालाई समाजको मूलधारमा ल्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगितामा सीता रानामगर कुन टोलीबाट खेल्ने भन्ने अन्तिम निर्णय भने आयोजकले पछि गर्नेछ ।

सीताले सहभागिता जनाउन लागेको प्रतियोगिता आउँदो वर्षको मे १ देखि १५ तारिखसम्म हङकङमा हुँदैछ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता रानामगरले अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २००७ मा डेब्यु गर्नु भएको थियो । उहाँ कोहलपुर, बाँकेबाट क्रिकेट खेलमा प्रवेश गरेकी थिइन् ।

 

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update