काठमाडौं, वैशाख २४ । फुटबल खेलाडी कोमल क्रिकेट, टेबल टेनिस, गल्फ अनि हक्कीमा पनि उस्तै क्षमता राख्नुहुन्छ । सन् १९६३ मा नेपाली टिमले तत्कालिन पुर्वी पाकिस्तानमा आगा खाँ गोल्डकप खेलेको थियो । त्यो नै नेपाली राष्ट्रिय फुटबल टिमले खेलेको पहिलो औपचारिक प्रतियोगिता हो । अहिले त्यो बंगलादेश भइहाल्यो । र, त्यहाँ सहभागी हुने १८ जना खेलाडीलाई नेपाली फुटबलको पहिलो पुस्ता मानिन्छ । कोमल त्यही टिमका मिडफिल्डर हुनुहुन्थ्यो । उमेरले ७० कट्यो, तर त्यो ५७ वर्ष अघिको फुटबल सम्झिदा कोमलमा छुट्टै जोश आउँछ ।
मण्डिखाटार चोकबाट २०० मिटर भित्रबाट बायाँबाट सानो गल्लीको उकालो लागेपछि कोमल पाण्डेको घर आउँछ । उहाँको घर छिर्ने बित्तिकै इतिहासको सम्झना आउँछ । फुटबलको इतिहास । उहाँ त्यो जमानाका खेलाडी हुनुहन्छ, जति बेला राणाले जनतालाई फुटबल हस्तान्तरण गरेका थिए । त्यतिबेला फुटबल अहिलेको जस्तो व्यवसायिक भइसकेको थिएन । हुन त अहिलेको फुटबललाई पुर्ण व्यवसायिक भन्न मिल्दैन । तर त्यो बेला फुटबल टोलको इज्जतको लागि मात्र खेलिन्थ्यो । हो त्यती बेलाका पुस्ता हो उहाँ ।
कसरी बन्यो त टिम ?
त्यतिबेला कस्तो हतार भाको थियो भने । नरशम्शेरले हतार हतार आएर भन्नु भयो अब हामी पाकिस्तान गएर खेल्ने टिम बनाउनु पर्यो । ओहो राष्ट्रिय टिम । हामी त टोल लागि खेलिरहेका थियौँ नेपालका लागि खेल्ने । न राम्रोसँग अभ्यास गर्यौ । न त टिममा तालमेल थियो । उड्यौ एक हप्तामा । हामी मध्य कसैले पनि हवाइजहाज चढेका थिएनौँ, पहिलो अनुभव थियो त्यो । जर्सी अनीवार्य पनि थिएन हामीले एकै थरिको जर्सी लाउँदा आफ्ताबले भने विद्या ब्यामको जर्सी लगाउनु भएको थिए । जर्सी नपुगेर जस्तो लाग्छ । हाम्रा प्रशिक्षक भने पनि व्यवस्थापक भने पनि नरशम्शेर हुनुहुन्थ्यो । नर शम्शेर नेपाली फुटबलको इतिहासलाई सम्झिदाँ छुटाउनै नहुने नाम हो ।
२००४ सालमा उहाले फुटबल संघ स्थापना गर्नुभयो । उहाकै अगुवाइमा नेपालले लिग फुटबल पनि खेलेको हो । २०११ बाट सहिद स्मारक ए डिभिजन लिग उहाकै अवधारणा हो भन्ने मानिन्छ । खैर, पहिलो पल्टको उडान । देशको पहिलो प्रतिनिधीत्व । ओहो है अहिले पनि शान छुट्टै हुन्छ ।
'अहिलेको जस्तो नियम के थाहा हामीलाई, त्यो बेला ओहो । जता बल गुड्यो त्यतै दौड्यो । हामी बामपुड्के उनीहरु अग्ला अग्ला । यता हान्या छ उता लड्या छ । घाँस भाँको मैदान पहिलो पल्ट देखेको हामीले । ' कोमल पाण्डेले आगा खाँ गोल्डकपको सम्झाना गर्दै भन्नुभयो ।
को को थिए त टिममा
प्रशिक्षक : नर शमशेर राणा
कप्तानः आरबी राजा (राजा बहादुर सिंह)
खेलाडी : प्रकाश राणा, लक्ष्मण राणा, दिल बस्नेत, गजेन्द्र बस्नेत, कोमल पाण्डे, बाबा गुरुङ, इन्द्र सिंह आइएस सुब्बा, प्रभुधन सुब्बा, बिआर थापा, विष्णु बराल, अमर थापा, पदम श्रेष्ठ , शालीग्राम अधिकारी, ज्ञानबहादुर ढाकुवा, जनक शमशेर राणा आफ्ताब उदिन
आफ्ताब उ दिनको सम्झाना
आफ्ताब उदिन नेपाली फुटबलका एक मात्र मुस्लिम खेलाडी हुनुहुन्छ । अहिले सम्म उहाँ पछि नेपालको प्रतिनिधीत्व गर्ने मुूिस्लम समुदायका खेलाडी छैनन् । घरेलु फुटबलमा जब्बर डिफेन्डरका रुपमा देखिने उहाँलाई नरशम्शेर राणाले पहिलो रोजाइमा रक्षा पंक्तिमा उतार्नु भएको थियो । आफ्तब भिन्न हुनुहुन्थ्यो । लोभलाग्दो कद , गोरो अनुहार र चटक्क परेको शरिर । हेर्दा जति उहाँ सुन्दर हुनुहुन्थ्यो त्यो भन्दा बढि खतरनाक हुन्थ्यो उहाँको ट्याकल । कसैले पनि उहाँको छेउमा बल लैजाने आट गर्दैन थिए । जता पनि बल भ्याउने ।
'हामिले पहिलो पटक देखेको त्यो घाँस भएको मैदान । अहिले बंगबन्धु कप हुन्छ नि त्यहाँ । त्यही नै खेलेको । ठ्याकै याद त भएन तर एक साता जति हामीले प्रशिक्षण पनि गर्यौँ क्यारे । यहाँ औधी धुलो उड्ने रंगशालामा खेलिरहेको हामीले त्यहाँ घाँसमा खेल्नै नसकिनेनी । हान्दा बल फ्यास्स घाँसमै अडकिने । पहिलो सहभागिता थियो त्यही भएर पनि नतिजाको त्यति महत्व थिएन । त्यहाँ मलेसिया, इन्डोनेसिया, इरानका खेलाडी आका थिए । हामीमा प्राविधीक ज्ञान थिएन । उनीहरुको पास राम्रो थियो । टक्क टक्क । हामी कताको पोजीसन सम्झिने । बल लियो विपक्षीको पोष्टमा दौडियो । पहिलो खेलको बिचतिर तिर भएको एउटा घटना जहिले पनि मेरो मानसपटलमा हुन्छ । मलाई एउटा सम्झाना छ । ढाका वन्डर्सका खेलाडी उमार मुसा एक दमै तेज खेलाडी थिए । फर्वाडमा उहालाई कसैले भेट्नै नसक्ने । उसले दुइ गोल गर्न खोज्दा मैले डिफेन्स ट्याकल गर्दा तीन हात माथि अफ्रिएर खसेको थियो । अग्लो बलियो खेलाडी त्यो । लडे अनि मलाई फर्केर हेरे ।
खेल सकिएपछि केही गर्ने हुन कि जस्तो भएको थियो । उहाँको साथिलाई सोध्नुभएछ । अनि मुस्लिम हो भने पछि ए उसको त्यही भएर आट आएको रहेछ भनेछन् । हाहा यो मलाई सँधै याद आउँछ । बचाउनुथियो बललाई । लडाउन परिगोनी ।
पहिलो खेलमा नेपालले सात एक गोलको हार ब्येहोर्दा नेपालका लागि एकमात्र गोल गणेश राणाले गरेका थिए । दोस्रो खेल ढाका पुलिस विरुद्ध थियो जसमा नेपाल दुइ दुइ गोलको बराबरीमा रोकियो । यो खेलमा गणेश र बच्चु राणाले गर्नुभएको थियो । तेस्रो खेल इन्डोनेसियाको टिमसँग थियो ।'
रहनुभएन पहिलो कप्तान आरबी राजा र आएस सुब्बा
आरबी राजाको गत वर्ष ८८ वर्षको उमेरमा निधन भइसक्यो । उहाँको बारेमा धेरै भन्दा धेरै जानकार भने आफ्ताब नै हुनुहुन्थ्यो । उहाँसँग अफ्ताबले विद्याब्याम तत्कालिन ए डिभिजन क्लबमा वर्षौँ खेल्नु भएको छ । आरबी राजा बल दौडाउन र शटिक प्रहार गर्ने स्ट्राइकर हुनुहुन्थ्यो । स्ट्राइकर राजाको शैली निकै कलात्मक थियो ।
त्यो ताका उहाँलाई हेर्न दर्शकको खुब चासो हुन्थ्यो । आरबी राजाले पछि सदस्य सचिवका रुपमा पनि काम गर्नुभएको थियो । आएस सुब्बाको पनि गत वर्षको साउनमा निधन भएको थियो । बाँकी खेलाडी कहाँ हुनुहुन्छ त्यो न त कोमललाइ थाहा छ न त अफ्ताबलाई नै । न त पहिलो पुस्ताका बारे अखिल नेपाल फुटबल संघ एन्फाले नै खोजी गरेको छ । खैर फुटबल प्रति न आफ्ताबलाई गुनासो छ न त कोमललाई । फुटबलको विकास होस् । अघि बढोस् । खेलाडीहरुले नाम कमाउन् यही नै उहाँहरुको चाहना छ ।