Kath Khabar
भारतमा एकैदिन १७ जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि
नयाँ दिल्लीस्थित एल.एन. जे पी अस्पताल ।

नयाँ दिल्ली, मंसिर २० । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण फैलिन थालेको छ ।

आइतबार मात्रै १७ जनालाई ओमिक्रोनको सङ्क्रमण भएको पाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  योसहित भारतमा अहिलेसम्म २१ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको छ । जसमध्ये नौ जना राजस्थान, आठ जना महाराष्ट्रमा, दुई जना कर्नाटक, एक÷एक जना दिल्ली र गुजरातमा नयाँ भेरियन्ट संक्रमित भेटिएको हो ।

दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्ति र उनीहरुको सम्पर्कमा आएकाहरुमा ओमिक्रोन भेरियन्ट देखिएको हो ।

भारतका राजस्थान, जयपुर, महाराष्ट्रमा र राजधानी दिल्लीमा यो सङ्क्रमण देखिएको हो।  यस्तै, बेलायत, अमेरिका र अस्ट्रेलियामा पनि ओमिक्रोनको सङ्क्रमण बढ्दै गएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update