३ गोल गर्दै टोटनह्यामको जित
लन्डन, मंसिर २० । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले नर्विच सिटीलाई हराएको छ । आइतबार राति भएको खेलमा टोटनह्यामले नर्विच सिटीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
१० औं मिनेटमा लुकास मौरले , ६७ औं मिनेटमा , डेभिनसन सान्चेज र ७७ औं मिनेटमा सन हेयुङमिनले टोटनह्यामका लागि गोल गर्नु भयो । जितसँगै १४ खेलमा २५ अङ्क जोडेको टोटनह्याम पाँचौँ स्थानमा उक्लिएको छ । नर्विच १० अङ्क जोडेर पुछारमा रहेको छ ।
यस्तै, गएरातिकै अर्को खेलमा एस्टोन भिल्लाले लेस्टर सिटीलाई २–१ गोल अन्तरले हराएको छ भने लिड्स युनाइटेड र ब्रेनफोर्डले २–२ गोलको बराबरी खेलेका छन् ।
जित पछि एस्टोन भिल्ला १९ अङ्कसहित १०औँ स्थानमा उक्लिएको छ भने लेस्टर सिटी ११औँ स्थानमा झरेको छ ।एजेन्सी
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८ ०८:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय