काठमाडौं, मंसिर २० । नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको ‘सिंगल फाइट’मा अमेरिकी रेस्लरलाई पराजित गर्नु भएको छ । प्रतियोगिताकै मुख्य प्रतिस्पर्धीका रुपमा रहेको सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई पराजित गर्नु भएको हो।
काठमाडौं भृकुटिमण्डपमा भएको प्रतियोगितामा जितपछि जुरेलीलाई समर्थकले ढाका टोपी लगार्इ बधार्इ दिएका थिए।
नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको टु भर्सेस वान फाइटमा नेपालका नेपाली ब्रो र स्नेहा थापाको जोडीले पाकिस्तानका कोबु ब्रान्डनलाई पराजित गरे। पुरुष सिंगल फाइटमा पाकिस्तानका जोर्डन होरले नेपालका ठागुलाई निराश पारे।
यस्तै, नेपाली महिला रेस्लरबीचको सिंगल फाइटमा सपना तामाङ विजयी हुनु भयो। सपनाले जमुना तामाङलाई पराजित गर्नु भएको हो । पुरुष सिंगल फाइटमा पाकिस्तानका कोबु ब्रान्डनले नेपालका नेपाली ब्रोलाई पराजित गर्नु भयो ।
विजेतालाई सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, रेस्लर भरतबहादुर विसुराल (हिमालयन टाइगर), प्रतिष्ठानकी अध्यक्ष भगवती खड्कालगायतले बेल्ट र पुरस्कार वितरण गर्नु भयो। एकदिने रेस्लिङमा नेपाल, अमेरिका र पाकिस्तानका रेस्लर सहभागी थिए भने दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो ।