Kath khabar
आङ साङ सुकीलाई ४ वर्ष जेल सजाय

न्यपाइडा, मंसिर २० ।  म्यान्मारको अदालतले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई चार वर्षको जेल सजाय सुनाएको छ। उहाँमाथि कोभिड नियम उलंघन गरेको र त्यहाँको स्थिति भड्काएको आरोप लागेको छ। सुकीमाथि भ्रष्टाचार,गोप्य ऐन उलंघनलगायत ११ वटा आरोप लगाइएको एएफपीले उल्लेख गरेको छ।
कोभिड नियम उलंघन गरेको आरोपमा विन माइइन्टलाई पनि चार वर्षको जेल सजाय तोकिएको छ। एउटा घटना भए पनि सुकी र विनलाई तत्काल जेलमा भने नपठाइने बताइएको छ ।

त्यहाँको सेनाले गत फेब्रुअरीमा सैनिक ‘कू’ मार्फत सुकीलाई पदच्यूत गरिएको थियो। त्यसअघि उहाँ त्यहाँको निर्वाचित सरकारको नेतृत्व गरिरहनु भएको थियो ।  अब ७६ वर्षीया सुकीले ४ वर्ष जेल जीवन बिताउनु पर्नेछ।

सेनाले गतवर्ष भएको आमनिर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै सेनाले सत्ता कब्जा गरेको थियो। त्यसपछि उहाँलाई सेनाले नजरबन्दमा राखेको थियो। एजेन्सी

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update