Kath khabar
ठूला सेयर लगानीकर्ता बाध्यतामा सेयर बेच्दै,  सानामा भयले बजार ओरालोमा

काठमाडौं, मंसिर २०। बैंकको ऋण तिर्न ठूला लगानीकर्ताले सेयर बेच्न थाल्नु भएको छ भने साना लगानीकर्तालाई बजार घट्ने त्रासका कारण आइतबार मात्रै पनि सेयर बजार ७२ दशमलव तीन दुई अंकले घटेको  छ ।

राष्ट्र बैंकको निर्देशन बमोजिम एकै बैंकबाट चार करोड र समग्र बैंक तथा वित्तीय प्रणालीबाट १२ करोडभन्दा बढि ऋण लिएका सेयरकर्जा नविकरण हुन छाडेपछि त्यसको सिधा असर सेयरबजारमा परेको हो ।

गत भदौमा झडै ३२ सयमा पुगेको सेयरबजार राष्ट्र बैंकको निर्देशन र बजारमा तरलता अभावका कारण अहिले २५ सय १३ अंकमा आइपुगेको छ ।  महामारीमा केहि नियन्त्रणमा आएपछि आर्थिक गतिविधि बढेका छन् । जसका कारण बैंकमा अहिले कर्जाको माग उच्च छ । कर्जा प्रदान गरेबमोजिम निक्षेप संकलन नहुँदा बैंकहरुमा तरलता अभाव भएको हो । यो सँगै राष्ट्र बैंकले कर्जा पुँजी निक्षेप अनुपात हटाएर बैंकहरुले कर्जा निक्षेप अनुपात अर्थात ‘सिडि रेसियो’ लागू गरे सँगैपनि बजारमा लगानीयोग्य रकमको अभाव भएको हो ।

हुनत ४५ लाख जना सेयरलगानीकर्ता मध्ये दुई सय जना सेयरलगानीकर्ता  मात्रै १२ करोड भन्दा ऋण लिने लगानीकर्ता छन् । तर, उनीहरुले सेयर खरिदका लागि लिएको ऋण तिर्न सेयरबेच्दै गर्दा  यसले बजारमा ठूलो असर पार्न थालेको छ ।

आइतबार सेयरबजारमा सबैपरिसुचक घटेका छन् । जसमा जीवन बिमाको परिसुचक सबैभन्दा बढि अर्थात ३ सय ७२ अंकले घटेको छ । त्यस्तै क बर्गका कम्पनीको मापन गर्ने ‘सेन्सेटिभ इण्डेक्स १४ दशमलव एक सात अंकले घटेको छ । बजारमा २ सय २६ कम्पनीको ८९ लाख २०  हजार कित्ता किनबेच हुँदा ४ अर्ब ९ करोडको कारोबार भएको छ ।

घट्दो बजारमा आइसिएफसि फाइनान्स, सबैको लघुबित्त र कर्णाली विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढि गुमाएका छन् । तर, न्यादि हाइड्रोपावर, नयाँ सारथि लघुवित्त र मैलुङ खोला जलबिद्युत आयोजनाका लगानीकर्ताले भने कमाउनेको सूचिमा अग्रस्थानमा रहेका छन् । त्यस्तै  नेशनल हाइड्रो, हिमालय डिस्टीलरी र नेपाल दुरसञ्चारको भने  सबैभन्दा बढि कारोबार भएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update