Kath khabar
अटोमोबाइल्सको छाता संगठन भक्तपुर अटोमोबाइल्स एसोसिएसन गठन


भक्तपुर, मंसिर २०। भक्तपुरमा रहेका अटोमोबाइल्स व्यवसायीहरूको भेलाले दीपेन्द्र खर्बुजाको अध्यक्षतामा भक्तपुर अटोमोबाइल्स एसोसिएसन गठन गरिएको छ । सात सदस्यीय एशोसिएसनको सचिवमा स्वयम्भुरत्न शाक्य, कोषाध्यक्षमा सुरेन्द्रप्रसाद प्रजापति रहनुभएको छ भने सदस्यहरूमा दीपेश बेजू, राजेश कवां, महेन्द्र दुवाल र रामकृष्ण श्रेष्ठ रहनुभएको छ ।

भक्तपुरमा अटोमोबाइल्स सम्बन्धी काम गर्ने सम्पूर्ण व्यवसायीको हकहितको लागी एसोसिएसन गठन गरेको अध्यक्ष खर्बुजाले बताउनुभयो । अटोमोबाइल्स सम्वन्धि सरोकारवाला सम्पूर्णलाई एसोसिएसनमा एकताबद्ध हुन उहाँले आह्वान गर्नुभयो । एसोसिएसनले भावी दिनहरूमा व्यवसायीहरूको हकहितका साथै सामाजिक कामहरू पनि गर्ने योजना रहेको उहाँले बताउनुभयो । साथै व्यवसायीहरूको लागि सीपमूलक तालिम दिने योजना रहेको पनि उहाँले बताउनुभयो ।

एसोसिएसनले व्यवसायीहरूको हितको लागि मात्रै नभई उपभोक्ताको हितमा पनि विशेष ध्यान दिने जनाइएको छ । उपभोक्ता हाम्रा देवता हुन्, अध्यक्ष खर्बुजाले भन्नुभयो, त्यसकारण उहाँहरु नठगिउन् भन्नेमा पनि हामी विशेष ध्यान दिनेछौं ।

अटोमोबाइल्ससँग सम्बन्धित अटोमोबाइल शोरुम, अटोमोबाइल्स रिकन्डिसन (एक्सचेन्ज), अटोमोबाइल्स पार्ट तथा लुब्रिकेन्टस् बिक्रीवितरण, मर्मत तथा वर्क सप अटोमोबाइल्स मर्मत तथा सम्भार मा काम गर्ने व्यवसायीहरू एसोसिएटमा आवद्ध हुनसक्ने जनाइएको छ ।


 

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update