पाकिस्तानमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटनामा दुई पाइलटको मृत्यु
इस्लामाबाद, मंसिर २१ । पाकिस्तानमा हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु भएको छ।
पाकिस्तानस्थित गिलगिट–बाल्टिस्तानको घाँचे जिल्लाको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
इन्टर–सर्भिस पब्लिक रिलेसन (आइएसपीआर) का अनुसार पाइलटहरू मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेब थिए। दुर्घटनापछि खोजी र उद्धार हेलिकप्टर र सेनाको टोली घटनास्थलमा पुगेको छ। आइएसपीआरले दुर्घटनाको कारण बताएको छैन।
जीबी मुख्यमन्त्री खालिद खुर्शीद खानले विज्ञप्तिमार्फत् घटनाबारे शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गर्नु भएको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८ १०:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय