
काठमाडौ, मंसिर २२ । गायक तथा संगीतकार राजनराज शिवाकोटीको नयाँ गीत ‘ढोकै खुलेन’ को भिडियो सार्वजनिक भएको छ । गायक शिवाकोटीकै शब्द र संगीत रहेको गीतमा गायक शिवाकोटीलाई गायिका सरु गौतमले स्वरमा साथ दिनुभएको छ ।
एक प्रेमील जोडीको प्रेमको रमाइलो किस्सालाई भिडियोमा कलात्मक शैलिमा देखाइएको छ । जसमा टिकटकबाट चर्चा कमाएकी मोडल समारिका ढकाल र प्रथम क्षेत्रीको अभिनय देख्न सकिन्छ ।
सियोन श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको भिडियोको छायांकन चक्र बहादुर बरालले गर्नुभएको हो । सिलन लम्सालको सम्पादन र कलर रहेको गीतको भिडियोलाई गायक सुवास पुरीले प्रस्तुत गर्नुभएको हो । गायक पुरीका कुरा काट्ने मान्छेले काटुन, मन बुढो भएन लगायतका गीतहरु चर्चित रहेकाछन ।
भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्
https://www.youtube.com/watch?v=br3Ebxn2kTo