Kath khabar
जापानमा साथी बन्ने ‘ओस्सान’ को ट्रेन्ड बढ्दो

काठमाडौं, मंसिर २२ । पछिल्लो समयमा जापानमा एउटा नयाँ ट्रेन्डको विकास भएको छ । जहाँ एक्लो महशुस गरिरहेका वृद्धवृद्धा र समस्यामा फसेका किशोर किशोरी आफ्नो कुरा शेयर गर्नका लागि भाडामा मान्छे लिने गरेका छन् । जोसँग उनीहरु परिवारसँग गर्न नसकिएको कुरा सजिलै गर्न सक्छन् । जापानमा यी कुरा सुन्नेहरुलाई  ‘ओस्सान’ भन्ने गरिएको छ।

ओस्सानले एक घण्टाकै एक हजार येनसम्म लिएर यस्तो काम गर्ने गरेका छन् । त्यसैमध्येका हुन् तकानोबू निशिमोतो पनि । उहाँको टिममा ४५–५५ जना पुरुषहरु हुनुहुन्छ । तकानोबु भन्नुहुन्छ,‘ हाम्रा ग्राहकमध्ये ठुलो हिस्सा विद्यालयका विद्यार्थीहरु छन् । जो आफ्नो सपना टुटेका कारण निकै दुःखी हुने गर्दछन् । उहाँ भन्नु हुन्छ, मेरा लागि यो एउटा शौखको काम हो । यो अवधारणा मैले नै लन्च गरेको थिएँ । म चाहन्थेँ कि हामी जस्ता युवालाई मानिसहरुले गम्भीरताका साथ लिउन् । त्यसैले यो प्रयोग गरिएको थियो । अब हाम्रो ६० जनाको टिम छ, जसले पूरा देशमा सेवा दिने गरेको छ।

तकानोबूका अनुसार उहाँ हरेक महिना ३०–४० जनालाई सेवा दिने गर्दछन् । यसमध्ये ७० प्रतिशत युवती हुने गर्दछन् । थरिथरिका मानिस भेटिन्छन् । जस्तो कि करिब ८० वर्षकी महिला हरेक साता मलाई पार्कमा भेट्छिन्। म त उनको छोरा सरह हुँ । एक जना विद्यार्थी थिए जो विजनेशमा केही गर्न चाहन्थे । तर उनले परिवारको सहयोग पाएनन् । उनी निराश बनेका थिए । यस्तै एक जना कर्मचारी थिए जो जान्न चाहन्थे कि कम्पनीका निर्देशसँग कस्तो व्यवहार गर्ने हो । तकोनोबु भन्छन्, जापान अहिले सामाजिक विच्छेदसँग संघर्ष गरिरहेको छ । जसमा मानिसहरु सामाजिक रुपमा घुलमिल गर्नुको सट्टा घरमा बस्न रुचाउँछन् र हताश हुने गर्दछन् ।

उहाँले भन्नु भयो, म उनीहरुलाई यसरी तयार गरिदिन्छु कि उनीहरु चुनौतिको सामना गर्न सकुन् र समाजमा स्वयमलाई संलग्न गर्न पाउन् । जसले यो सेवा लिएका छन् उनीहरुका अनुसार सेवा लिएपछि उनीहरु परिवार र साथीहरुको अपेक्षा भुलेर स्वंयलाई प्रकट गर्न थाले । जापान जस्तो कडा सामाजिक बन्धन भएको देशमा यो सुखद परिवर्तन हो । २४ वर्षका नोदोका हायोदो भन्छिन्–यो सेशनपछि मैले सबै सम्बन्धमा आफ्नो महत्व बनाए । चाहे साथी हुन्, परिवार वा साथी । यो कुराकानी मा सबै कुरा समाधान भयो । किनभने हामी जोसँग कुरा गरिरहेका छौ, उसलाई हामीले चिनेकै छैनौ । यसमा मैले स्वयमलाई उत्तम तरिकाले बुझ्न सकेँ । ग्राहकहरु यो सेवा नक्कली साथी, परिवारजन वा नातेदारका रुपमा लिइरहेका छन् । उनीहरुलाई विवाह, पार्टी, कसैको मृत्यु वा विभिन्न अवसरमा बोलाउने गरिएको छ।

तकानोबु भन्नु हुन्छ, कतिपय अवस्थामा मैले यो सबै बन्द गर्ने कोशिस पनि गरेँ । तर मैले महशुस गरेँ कि ग्राहकलाई जति मेरो आवश्यकता छ, त्योभनदा कयौ बढी मलाई उनीहरुको आवश्यकता छ। कतिपय अवस्थामा विचित्रका ग्राहक पनि भेटिन्छन् । त्यसैले डर पनि लाग्छ । तर मलाई यो सबै रोचक लाग्छ । मलाई निकै अनौठा भावुक अनुभूतिहरु भएका छन् ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update