Kath khabar
हुण्डाईद्वारा गण्डकी प्रदेश सरकारलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं, वैशाख २४ । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी हुण्डाईले हुण्डाई मोटर कम्पनी, कोरियाको सौजन्यमा ५० लाख रुपैयाँ बराबरको कोभिड-१९ उपचारको लागि चाहिने पिपिई लगायतका आवस्यक स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ । कम्पनीका अनुसार उक्त सामाग्रीहरु गण्डकी प्रदेश सरकार,सामाजिक विकास मन्त्रालयलाई वैशाख २४ गते अर्थात आज शुुक्रबार आयोजना गरिएको एक  कार्यक्रममा हस्तान्तरण गरिएको हो । 

हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस (कोभिड-१९) को संक्रमण रोकथाममा सहयोग गर्नका लागि सो स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको हो । यसको मुल उदेश्य आवश्यकता परेका बिरामीहरुलाई समयमा र सही तरिकाले उपचार प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । लक्ष्मी हुण्डाईले सधैैं यस्ता परोपकारी उद्देश्यहरुलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आईरहेको छ । लक्ष्मी ग्रुपले कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा एक करोड रुपैयाँ सहयोगका साथै फिभर क्लिनिक स्थापनको लागि पनि आर्थिक सहयोग गरेको थियो ।

ग्रु्रुपका केहि उल्लेखनीय समर्थन अन्र्तगत २०१५ को महाभूकम्पमा नेपाल रेडक्रसलाई सहयोग, ललितपुरमा सेरेब्रल पाल्सी सेन्टर, चन्द्रोदय आधारभूमि विद्यालय, गोरखाको पुनर्निर्माण, बिन्द्याबासिनी मन्दिर, पोखरामा लिफ्ट निर्माण र अन्य विभिन्न सामाजिक कार्यहरुमा रहेका छन् । लक्ष्मी हुण्डाई लक्ष्मी ग्रुुपको भगिनी संस्था हो । लक्ष्मी हुण्डाईले यस विषम परिस्थितीमा एकता र खाँचोमा परेका मानिस र समुदायहरुको सहयोग गर्नमा विश्वास गर्दछ साथै, आफ्नो कम्पनीको “मानवताको प्रगति“ को प्रतिज्ञातर्फ दृढ प्रतिबद्धता देखाउदै आएको छ  । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update