Kath khabar
आत्महत्या मेसिनले पायो कानुनी मान्यता

जेनेभा, मंसिर २२ । स्विट्जरल्याण्ड सरकारले सुसाइड मेसिनको प्रयोगलाई कानुनी मान्यता दिएको छ । यो मेसिनले कुनै पनि व्यक्तिलाई १ मिनेटभित्र कुनै पीडाबिना मृत्यु दिन सक्छ । कोफिन आकारको सो मेसिनलाई एक्जिट इन्टरनेशनल नामको संस्थाका निर्देशक डा फिलिप निट्स्केले बनाउनुभएको हो।  

यो मेसिन यस्ता व्यक्तिहरुको लागि बनेको बताईएको छ जो बिरामी भएर हिँडडुल गर्न नसक्ने अवस्थामा हुन्छन् । त्यस्ता इच्छामृत्यु भएका व्यक्तिहरुलाई सो मेसिनमा राखेर मार्न सरकारले अनुमति दिएको निर्माताहरुले जानकारी दिएका छन्। यो मेसिनको माध्यमबाट अक्सिजन लेभल अत्याधिक कम गरिन्छ जसको कारण यो मेसिनले १ मिनेटभित्रै पीडारहित मृत्यु दिन सक्छ ।

यद्यपि केही मानिसहरु यसको विरुद्धमा पनि छन् । यो मेसिनले मानिसहरुलाई आत्महत्याको लागि उक्साउने दावी पनि गरेका छन् । एक्जिट इन्टरनेशनलको दावी अनुसार गत वर्ष स्विट्जरल्याण्डमा १३०० जनाले अरुको सहयोगमा आत्महत्या गरेका थिए ।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update