Kath Khabar
बिहान खाली पेटमा तुलसीको पात खानाले हुन्छन् यस्ता फाइदा

काठमाडौं, मंसिर २३। हामी सबैको घरमा तुलसीको विरुवा वा तुलसीको मोठ राखिएको हुन्छ । धार्मिक परम्परा अनुसार पनि घरको पूर्वतिर तुलसीको मोठ राख्नु राम्रो मानिन्छ, वैज्ञानिक कारण अनुसार पनि तुलसीले धेरै अक्सिजन फ्याँक्ने हुँदा घरको पूर्वतिर तुलसीको मोठ बनाउनु उत्तम हुन्छ । तुलसीको पातमा भिटामिन ए, भिटामिन सी, क्याल्सियम, जिङक, आइरन क्लोरोफिल पाइन्छ । 

लाभकारी तत्वले भरिपूर्ण तुलसीको पात धेरै प्रकारका उपचारमा प्रयोग गरिन्छ । यसको एन्टी ब्याक्टेरियल, एन्टी फंगल र एन्टी भाइरल गुण प्रतिरक्षा प्रणालीका लागि उत्कृष्ट मानिन्छ । विज्ञहरूका अनुसार तुलसीको पातको चिया दैनिक पिउनाले हाम्रो छालामा सुधार मात्र गर्दैन, यसले बुढ्यौलीको गतिलाई पनि कम गर्छ । खाली पेटमा तुलसीको पात खानुका फाइदाहरु यस्ता छन्ः

रुघाखोकी ठिक गर्दछ : जाडो मौसममा रुघाखोकी र रुघाखोकीको समस्या धेरै हुने गरेको छ । तुलसीलाई एन्टी-माइक्रोवियल गुणका लागि उपयुक्त मानिन्छ । बिहान खाली पेट खानाले इन्फेक्सन र रुघाखोकीबाट बचाउन मद्दत गर्दछ । साथसाथै तुलसीलाई प्रतिरक्षा प्रणाली विकास गर्ने तत्व पनि मानिन्छ, किनकि यसमा भरपुर मात्रामा एन्टीअक्सिडेन्ट तत्व समावेश हुन्छ । यसले विभिन्न संक्रमणहरुबाट बचाउने गर्दछ ।

पाचनप्रणाली विकास गर्दछ : तुलसीको पात नियमित सेवन गर्नाले पाचन प्रणालीमा सुधार ल्याउँछ । यसले पेटमा अम्लीय मात्रा सन्तुलित राख्दछ । यसबाहेक तुलसीको पातले ग्यास, एसिडिटी वा विभिन्न प्रकारका पाचन सम्बन्धी विकारमा पनि राहत दिन्छ।

तनावबाट राहत दिन्छ : तुलसीको पातमा अडप्टोजेन तत्व भरपुर रहने हुनाले तनाव कम गर्न मद्दत गर्दछ । हाम्रो अंगहरुलाई शान्त गरी यसले तनाव कम गर्न योगदान पुर्याउँछ। बिहान खाली पेट तुलसीको पात खाँदा तनाव हर्मोन नियन्त्रण गर्न मद्दत गर्दछ । 

शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ : तुलसीको पातमा शरीरलाई डिटक्सिफिकेसन गर्ने क्षमता हुन्छ। यसका फाइदाजनक तत्वहरू शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न निकै उपयोगी हुन्छन् । तुलसी एन्टीअक्सीडेन्ट भएको प्लान्ट हो । यसको सेवनले शरीरमा भएका खराब बिषालु तत्वहरु बाहिरिन्छ । शरीरमा क्यान्सरको सेलहरु विकास हुन पाउँदैन । शरीरमा, अनुहारमा विभिन्न दाग, घाउहरु निस्कन पाउदैन ।

मुखको ब्याक्टेरिया: तुलसीको पातले मुखमा लुकेका ब्याक्टेरियालाई  पनि हटाउन सक्छ। यसको सेवनले सास ताजा रहन्छ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update