काठमाडौं, मंसिर २५। नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा. लि. ले आफ्नो दुई नयाँ डिलरहरू तुल्सीपुर रोड, घोराही–१५, दाङ्गमा जे. बि. एस. अटोमोबाईल्स र धनगढीको बोराडन्डी आर्मी हस्पिटल सामुन्ने दिवा मोटर्स प्रा. लि. लाई संचालनमा ल्याएको छ । बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, बाग्लुङ वीरगञ्ज र सुर्खेतका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि दाङ र धनगढीमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित शोरूमहरु स्थापना गरिएको हो ।
जे. बि. एस. अटोमोबाईल्स र दिवा मोटर्स प्रा. लि. को संचालनसँगै आसपासका क्षेत्रका ग्राहकहरुले अब यी विशिष्ट शोरुमहरुबाट प्रशस्त गुणस्तरीय सेवा लिन सक्नुहुनेछ । अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाएको साथै नेपालमा पनि क्लासिक मोटरसाइकल प्रेमीहरुले निकै नै रुचाउनुभएको जावा मोटरसाइकलले सबैबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यसैबीच नेपालका विभिन्न स्थानहरुमा द्रुत गतिमा डिलरहरु स्थापना गर्ने क्रममा फेसनेबल र स्टाईलिस जावा मोटरसाइकलले संचालनमा ल्याएको यी दुई डिलरहरुबाट सम्पूर्ण सेवा पाईने पनि बताइएको छ ।
कम्पनीका अनुसार मोटरसाइकल प्रेमीहरूले अब जावा, जावाफोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’ गर्न पनि सक्नु हुनेछ ।
जावा मोटरसाइकलको बारेमा
जावा चेक गणतन्त्र, पूर्व चेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्रान्ड हो, जुन आफ्नो स्वर्णिम समयमा १२० भन्दा बढी देशहरूमा क्लासिक, राम्रोसँग इन्जिनियरिङ गरिएको र भिन्न स्वरूपका मोटरसाइकल निर्यात गरिएको थियो । यो सन् १९६० को प्रारम्भिक दशकमा भारतीय बजारमा प्रवेश गरेको थियो । जावा मोटरसाइकलको दोहोरो विशेषताहरू – यसको सुन्दर डिजाइन र बलियो प्रदर्शन चरित्रले यसले प्रयोगकर्ताहरूको मन जित्नमात्र सफल नगरी विश्वका थुपै विश्व उपाधि पनि जितेको छ ।