Kath khabar
नेपाली कांग्रेसको नेतृत्व चयनमा २९ पानाको मतपत्र, एक मतपत्रमा भोट हाल्न १ घन्टा !

काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि २९ पानाको मतपत्र राखिने भएको छ । जसलाई पढेर भोट हाल्न  एकै मतदातालाई कम्तीमा १ घन्टा लाग्ने भएको छ । त्यसैगरी मतदान सकिएपछि मतपत्र गणना क्रममा पनि एक मतपत्रका लागि करिब २० मिनेट लाग्ने आँकलन गरिएको छ ।

२७ गते बिहान ८ बजेदेखि निर्वाचन सुरु गरेर बेलुका ८ बजेसम्ममा मतदान सक्ने निर्वाचन समितिको तयारी छ । जसमा ४७ सय ७० जना मतदाता रहनेछन् । नेपाली कांग्रेसले १४ औ महाधिवेशनबाट १४ जना पदाधिकारी र १ सय ३४ जना केन्द्रिय सदस्य छनौट गर्दैछ । जसका लागि मनोनयन दर्ताको समय सकिएको छ भने भोलि ११ बजेसम्म यस्तो दाबी फिर्ता लिन सक्ने समय तय गरिएको छ ।

तीन स्थानमा मतदान गर्ने स्थान तय गरिएको छ । जसमध्ये राष्ट्रिय सभा गृहमा १३ सय भृकुटी मण्डपका दुई स्थानमा ३४ सयले मतदान गर्नेछन् । एकैपटकमा १ हजार मतदान गर्नका लागि प्रवेश गर्नेछन् । एक हजार प्रवेश गर्न मिल्ने भएपनि मतदान भने ५  सय जनाले  गर्नेछन् । जसका लागि ४ सय वटा जति भोट खसाल्ने बाकस राख्ने निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका सदस्य एगराज पोख्रेलले भन्नुभयो ‘निर्वाचन सके लगत्तै सभापतिको मतगणना गरिनेछ, ५१ प्रतिशत कसैले ल्याउन नसके फेरी दोस्रो मतदान हुनेछ ।'

यसरी मतदान गणना गर्दा निर्वाचन सकिएको ३ दिन भित्र पदाधिकारीको नतिजा निकाल्ने  र सबैको परिमाण पुषको १० गतेसम्ममा सक्ने आँकलन गरिएको छ ।  
    

 

 

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  ०६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update