ललितपुर, बैशाख २४
नूर स्मृति सेवा प्रतिष्ठानले मकरध्वज राउत क्षेत्री समाजलाई सहयोग गरेको छ । सामाजिक कार्यमा उल्लेखनीय योगदान पुर्याउने उद्ेश्यले यही बैशाख ७ गते दर्ता भई औपचारिकरुपमा कार्य सुभारम्भ गरेको प्रतिष्ठानले ललितपुर महानगरपालिका– १५ खुमलटारमा नव निर्मित मकरध्वज राउत क्षेत्री समाजलाई ५० हजार रुपैयाँ बराबरको स्वास्थ सामाग्री सहयोग गरेको हो ।
बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) बाट सुरक्षित रहन उक्त संस्थाका सल्लाहकारद्धय बहु–चर्चित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा ख्यातिप्राप्त हाँस्य कलाकार एवं वरिष्ठ समाजसेवी किरण के.सी. र सुरेन्द्र के. सी. ले ने.क.पा. राष्ट्रिय युवा संघ ललितपुर जिल्ला अध्यक्ष चीन लामालाई ५० थान सेनिटाइजर, ५० थान फेस सिल्ड र १० पाकेट मास्क हस्तान्तरण गर्र्नुभएको हो ।