Kath khabar
टिडीओ नेपालको “एसएमएस गरौं बाइक जितौं” कन्टेस्टको विजेताहरु घोषणा

काठमाडौ, मंसिर २७ । टिडीओ नेपालले “एसएमएस गरौं बाइक जितौं” कन्टेस्टको विजेताहरु घोषणा गरेको छ ।  उक्त कम्पनीले यही मङ्सिर २३  गते काठमाडौंमा एक समारोह आयोजना गरी “एसएमएस गरौं बाइक जितौं” कन्टेस्टको विजेताहरुलाई पुरस्कार वितरण गरेको हो । टेलिनेट प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत नभंकुर सुदले बम्पर उपहार ‘बजाज पल्सर’ विजेता गंगा प्रसाद शाहु तेलीलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
          उक्त अवसरमा बोल्दै नभन्कर सुदले भन्नुभयो, “टिडीओ नेपालको एमहेल्थ जस्ता पहलहरुले हरेक दिन हाम्रो सेवाको प्रयोगकर्ताहरुमा वृद्धि ल्याइरहेको छ । टिडीओ नेपालको सबै स्वास्थ सम्बन्धित सेवाहरु ग्राहकहरुले आकर्षक मूल्यमा रोजेको भाषामार्फत आफ्नो घरबाट सजिलै उपयोग गर्न सक्नुहुन्छ । निरन्तर विस्तार भइरहेको यो सेवा स्वास्थ्य अनुगमनको महत्वको बारेमा चेतना फैलाउँदै आज नेपालभरी एनसेलको व्यापक कभरेजको मद्धतले धेरैभन्दा धेरै मानिसको पहुँचमा पुगेको छ ।”
         उक्त कार्यक्रममा “एसएमएस गरौं बाइक जितौं” कन्टेस्टका अन्य मासिक, साप्ताहिक र दैनिक विजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो । विजेताहरुको पूर्ण नामावली टिडीओ नेपालको वेबसाइटमा हेर्न सकिन्छ । महामारीको कारणले यो कार्यक्रमको आयोजना तीन महिना पछि सारिएको थियो ।

एसएमएस गरौं बाइक जितौं
           एनसेलसँगको सहकार्यमा टिडीओ नेपालले २४ जेठ २०७८ मा स्वास्थ्य तथा कल्याण शिक्षा र सचेतनाको लागि एक विशेष प्रतियोगिता शुरु गरेको थियो । यस पहलले उपभोक्ताहरुलाई महामारीको समयमा के गर्ने र नगर्ने बारे जानकारी मात्र नदिइ घरमै बसेर स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहन पनि गरेको थियो । यस सेवाले महामारीमा नेपालभरका आफ्ना प्रयोगकर्ताहरुलाई २०,००० भन्दा बढी परामर्श सेवा प्रदान गरेको थियो ।

टिडीओ नेपालको बारेमा
         टिडीओ नेपाल एक डिजिटल स्वास्थ्य सेवा हो जसले लाभदायी र उपयुक्त स्वास्थ्य, कल्याण र फिटनेस सामाग्री प्रदान गर्दै नेपालका डाक्टरहरुसँग असीमित परामर्श प्रदान गर्दछ । यो सेवा टिडीओ नेपालको वेबसाइटमा उपलब्ध छ । एनसेल प्रयोगकर्ताहरुले पनि १७१६६ मा टिडियो लेखि एसएमएस पठाएर यो सेवाको उपयोग गर्न सक्नेछन । टिडिओ नेपालको फेसबुकमा १,००,००० फलोअर्स रहेका छन् । ग्राहकहरुले एनसेल र नेपाल टेलिकमको प्रिपेड र पोस्टपेड बिलिङ प्रयोग गरेर यस सेवाको भुक्तानी गर्न सक्नेछन् । यसैगरी, यो सेवा खल्ती र ई–सेवा वालेटबाट पनि खरिद गर्न सकिन्छ ।
       रमेश कर्पको स्थापित आइटी कम्पनी, टेलिनेट प्रा. लि., सँगको सहकार्यमा टिडीओ नेपालले नेपालको बजारमा उपस्थिति जनाएको थियो । रमेश कर्प विभिन्न उद्योगहरुको छाता संगठन हो जसले टेलिकम अपरेटर, एप्लिकेसन डेभलमपेन्ट, क्लाउड कम्प्युटिङ, एमहेल्थ, र एसएमएस तथा टेलि भोटिङ प्लेटफर्महरुमा काम गर्दछ । रमेश कर्प उत्पादन, उपकरण, बैकिङ तथा बीमा, खनन, जलविद्युत, सूचना प्रविधि, अटोमोबाइल, र उपभोक्ता इलेक्ट्रोनिक्स जस्ता धेरै क्षेत्रहरुमा विस्तारित कम्पनीहरुको समूह हो ।

 

 

 

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update