Kath khabar
सिमा नाकामा फस्टायो हुण्डी कारोवार

पर्सा, मंसिर २७ । भारतीय सिमा नजिकको क्षेत्रमा हुण्डी कारोवार फस्टाएको छ । प्रहरीले वीरगंज महानगरपालिका–८ घण्टाघरस्थित सडकबाट स्रोत नखुलेको नगद १८ लाख रुपैयाँ सहित दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेसंगै सिमा क्षेत्रमा हुण्डी कारोवार बढ्दै गएको घटनाको पुष्टि भएको हो ।
           प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका–१० ठेगाना भएका २८ वर्षीय चन्दन कुमार साह र सोही ठाउँ ठेगाना भएका ४४ वर्षीय ओमप्रकाश गुप्ता रहेका छन् । घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना.१६ प ५४४६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा बोकेको उक्त नगद सहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।
          उनीहरु उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।  

 

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update