Kath khabar
१५ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

सिन्धुली, मंसिर २७ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका–३ घर भएका ४२ वर्षीय हरि बिक लाम्कादेलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ चैत २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १५ लाख ४१ हजार ७ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले सिन्धुली हरिहरपुरगढी गाउँपालिका–३ स्थित बनौलिमा फेला पारी पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सिन्धुली पठाइएकोमा अदालतको आदेशले कारागार कार्यालय सिन्धुली पठाइएको ईलाका प्रहरी कार्यालय कपिलाकोटले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update