Kath Khabar
अक्सिजन आपूर्तिमा समस्या- अल्का अस्पताल

काठमाडौं, वैशाख २५ । ललितपुरको अल्का अस्पतालले कोभिडका बिरामीहरुको उपचारका लागि अक्सिजनको समस्या देखिन शुरु भएको जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरेर अल्का अस्पतालको प्रशासन विभागले अस्पतालमा अक्सिजन आपूर्तिमा कठिनाइ उपन्न भएको जनाएको हो । 

‘अहिले आएर संक्रमितहरुको उपचारमा समस्या देखिन शुरु भएको छ, ‘अल्का अस्पतालका सिओओ दीपेन्द्र पोखरेलले भन्नुभयो, ‘अस्पतालमा विरामीहरुको चाप बढ्दै गइरहेको छ अक्सिजन आपूर्तिमा समस्या थपिदैँ गइरहेको छ, विरामीहरुको उपचार कसरी गर्ने ?’ उहाँका अनुसार अल्का अस्पताललाई अहिले दैनिक एक सय ५० वटा सिलिण्डर आवश्यक पर्छ । ४४ वटा भने अल्का अस्पतालले आन्तरिक उत्पादनबाट व्यवस्था मिलाउँदै आइरहेको छ । 

अक्सिजन सहज रुपमा उपलब्ध गराउने वातावरण बनाइदिन अल्का अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेश सरकार, स्थानीय प्रशासन, स्थानीय तह, नागरिक समाज संचारकर्मी लगायत सबैमा बिनम्र अनुरोध गरेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update