Kath Khabar
भारतमा थप सात हजार ३५० कोरोना सङ्क्रमित

नयाँदिल्ली २७ मङ्सिर  ः भारतमा गत २४ घण्टामा सात हजार ३५० जनामा कोरोना सङ्क्रमण देखापरेको छ । यसै अवधीमा कोरोना सङ्क्रमणबाट २०२ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा अझै पनि ९१ हजार ४५६ जना सक्रिय सङ्क्रमित रहेका सो मन्त्रालयले सोमबार जनाएको छ । यो संख्या ५६१ दिनयताको नै सब भन्दा कम भएको पनि समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमतिको १ प्रतिशत भन्दा कम भएको जनाइएको छ ।

       सक्रिय सङ्क्रमितको यो संख्या ०.२६ प्रतिशत रहेको समाचारमा जनाइएको छ । यो संख्या सन् २०२० मार्चपछिको सब भन्दा कम हो । भारतमा कोरोना शुरु भएबाट हालसम्म चार लाख ७५ हजार ६३६ जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ ।    गएको २४ घण्टामा भारतमा सात हजार ९७३ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख  ३० हजार ७६८ लाई कोरोनाको सङ्क्रमण निको भएको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९८.३७ प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको सामाचारमा जनाइएको छ ।

       भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६५ करोड ६६ लाख व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ३३ करोड १७ लाख डोज खोप लगाइएको जनाइएको छ । (रासस)

 

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update