काठमाडौं, मंसिर २८ । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार रातिका लागि तय भएको म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डबीचको खेल रोकिएको छ ।
स्वास्थ्य सल्लाहकारहरुको सल्लाहमा खेल पछि सारिएको लिगले जनाएको छ । गएको हप्ता प्रिमियर लिगका ४२ खेलाडी तथा पदाधिकारीमा संक्रमण पुष्टि भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छनन् ।
ब्राइटन, टोटनह्याम, लेस्टर सिटी, एस्टन भिल्ला र नर्विच सिटीले आफ्ना खेलाडी वा पदाधिकारीमा संक्रमण पुष्टि भएको बताएका छन् । ब्राइटन र टोटनह्यामबीचको आइतबारको खेल सोही कारण रोकिएको थियो ।
शनिबार राति नर्विचसँगको खेलअघि भएको परीक्षणमा म्यानचेस्टर युनाइटेडका खेलाडीमा संक्रमण देखिएको थिएन । तर आइतबार बिहान प्रशिक्षण अघि भएको परीक्षणमा केही खेलाडीमा संक्रमण देखिएको हो । खेलाडी तथा पदाधिकारीहरुमा संक्रमण देखिए सँगै लिग अन्र्तगतका खेल स्थगित गरिएको हो । यसैबीच पछिल्लो सयम ओमिक्रोन भाइरसको जोखिम बढेको पाईन्छ ।