इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
काठमाडौं, मंसिर २८ । इन्डोनेसियामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी जियोलोजिकल सर्भे (यूएसजीएस) का अनुसार भूकम्प आएसँगै सुनामीको चेतावनी दिइएको छ। यद्यपि अहिलेसम्म मानवीय र अन्य क्षतिको कुनै विवरण आएको छैन।
भूकम्पको केन्द्रविन्दुभन्दा एक हजार किलोमिटर वरपरको क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। यूएसजीएसले मानवीय क्षतिको सम्भावना कम रहेको बताएको छ। यद्यपि यसअघि पनि भूकम्पको कारण पहिरो तथा समुद्री आँधीजस्ता विपत्ति उत्पन्न हुँदै आएका थिए।
भूकम्पपछि अहिले मानिसहरु सबै सडकमा निस्किएका छन् । गत वर्ष सुलावेसी टापुमा ७.५ म्याग्निच्युडको भूकम्प जाँदा ४३ सय मानिसको मृत्यु वा बेपत्ता भएका थिए।
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८ ११:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय