Kath khabar
घरटहरा भत्काएपनि बर्षोसम्म बाटो नबन्दा हात्तीबन क्षेत्रका बासिन्दा आक्रोशित

ललितपुर, मंसिर २८ । ललितपुरको हात्तिबनदेखि गोदावरीसम्मको करिव आठ किलोमिटर सडक नबनेपछि सो क्षेत्रका स्थानीयवासीहरु आक्रोशित भएकाछन । सडक बिस्तारको बहानामा सडकको छेउछाउमा पर्ने घरटहरा भत्काएको बर्षो बितिसक्दा पनि सडक बिस्तार नभएपछि स्थानीयवासीहरु आक्रोशित भएका हुुन । 

सडक बिस्तार कार्य सम्पन्न नहुंदा अत्याधिक धुलोकाकारण बायु प्रदुषण बढेको र यसले स्थानीयवासीको जनस्वास्थमा प्रतिकुुल असर पर्नुका साथै प्रत्येक दिन सडक दुर्घटना बढेको भन्दै अब सडक बिस्तारको लागि दवाब दिन आन्दोलनमा उत्रन बाध्य भएको स्थानीयवासीहरुले बताएकाछन । 

प्रशासन र ठेकेदारबाट पटक पटक बिभिन्न बहानामा म्याद थप गरेर आफुुहरुलाई आश्वासन मात्र दिएको र गत महिनाको  एक दिने संर्घषपछि स्थानीयवासी, स्थानी निकाय, स्थानीय प्रहरी प्रशासन, जनप्रतिनिधी र ठेकेदारको संयुक्त छलफलपछि ठैवस्थित बाटोमा बसेर गरिएको प्रतिवद्धता एक महिना पुरा भएको र यसअवधिमा १० प्रतिसत पनि काम नभएको स्थानीयवासीहरुले बताएकाछन । सोहीकारण मंगलबार सो क्षेत्रका स्थानीयवासीहरुले हात्तिवनस्थित कर्मनाशा पुलबाट गोदावरी टौखेलसम्म आवागमन ठप्प पार्न बाध्य भएको बताएकाछन । 

अब आफुहरु कुुनैपनि आश्वासनको पछि नलाग्ने र काम सम्पन्न नभएसम्म कडा संर्घषमा उत्रने सो क्षेत्रका स्थानीयवासीहरुको भनाई छ । मंसिर २८ गते अपरान्हबाट सुरु भएको संर्घषको कार्यममा सुरुवातको समयमा संर्घषमा उत्रिएका स्थानीयवासी र प्रहरीबिच सामान्य झडप समेत भएको छ । तर यसक्रममा दुबै पक्षले संयमता अपनाएकाकारण कुनै अप्रिय घटना भने हुन पाएन । 

सो क्षेत्रको बाटो अबरुद्ध भएकाले स्थानीय क्षेत्रका ठुला साना गरी एक दर्जन स्कुलका बालबालिका प्रभावित भएकाछन । ति मध्ये युनाईटेड स्कुल, लिटिल एन्जेल्स स्कुल, सेन्ट जेभियर्स स्कुलका साथै काठमाडौ र ललितपुरका दर्जनौं स्कुुलका बालबालिका बेलुकीसम्म नै बाटोमा नै अलपत्र परेको देखियो भने अभिभावकहरु पनि हतास मनस्थितीमा देखिनु हुन्थ्यो । सो बाटो प्रयोग गरेर आवत जावत गर्ने स्थानीयवासीहरु, कर्मचारीहरु, स्कुल कलेजका बिद्यार्थीहरु र अभिभावकहरु पनि सरकार र ठेकेदारसंग रुष्ट भएको पाईएको छ  । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  २३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update