थप २८० जनामा कोभिड १९ को संक्रमण पुष्टि
६ जनाको मृत्यु, ३०० जना संक्रमणमुक्त
काठमाडौ, मंसिर २९ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा दुई सय ८० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल ११ हजार एक सय ९४ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप छ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार पाँच सय ६५ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप तीन सय जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार छ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८ २१:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय