काठमाडौँ, १ पुस। नेपाल क्रिकेट सङ्घ क्यानको बुधवार बसेको आकस्मिक बैठकले ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीलाई कप्तान र उपकप्तानको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ। अन्य दुई खेलाडी सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि कारबाही गर्दै ती सबै खेलाडीलाई आगामी छ महिनाका लागि 'सेन्ट्रल कन्ट्र्याक्ट' अथवा तलब सुविधा नदिने निर्णय गरेको छ।
सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीको नयाँ कप्तान नियुक्त गरिएको छ। क्यानको यो कदमले खेलाडी र क्यानबीच पछिल्लो समय देखिँदै आएको विवादलाई फेरि चर्काएको छ। क्यानको भर्चूअल बैठकमै छजना केन्द्रीय सदस्यले उक्त निर्णयविरुद्ध नोट अफ डिसेन्टु प्रकट गरेको बताइएको छ। राष्ट्रिय टोलीका केही सदस्यहरूले क्यानको निर्णयको साङ्केतिक रूपमा विरोध जनाएका छन्। विनोद भण्डारी, करण केसी, कुशल भुर्तेल, अविनाश बोहरा र रोहित पौडेलले क्यानले जारी गरेको विज्ञप्तिमा "आई एम डन" (मलाई पनि पुग्यो) लेख्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। सामाजिक सञ्जालमा सो निर्णयको समर्थन र विरोधमा लामै बहस भइरहेको छ। धेरैले क्यानको निर्णय गलत भएको भन्दै त्यसको विरोध गरेका छन्।
विवाद के हो ?
विवादको थालनी राष्ट्रिय टोलीका खेलाडीहरूको वर्गीकरणबाट भएको हो जुन सही नभएको भन्दै मल्ल र अन्य खेलाडीले विरोध जनाएका थिए। पहिलो गल्ती क्यानबाट भएको धारणा केही विश्लेषकको छ। खेलाडीहरूको वर्गीकरण गरेर क्यानले त्यसलाई सार्वजनिक गर्नुपर्नेमा खेलाडीहरूलाई एक्लाएक्लै बोलाउँदै सम्झौतामा हस्ताक्षर गरायो।
त्यतिबेला वर्गीकरण देखेकाले त्यसमा चित्त बुझाएनन्। तीमध्ये चार जनाले सार्वजनिक रूपमा त्यसप्रति असन्तुष्टि प्रकट गरे। कतिपय खेलाडीहरूले अझै सम्झौतामा हस्ताक्षर गरेका छैनन्। क्यान अधिकारीहरूले सम्झौताभित्र रहेका खेलाडीले सङ्घको कुरा सार्वजनिक गर्दा त्यो खेलाडी र क्यानकै लागि अनुपयुक्त भएको माने।
चार खेलाडीलाई सोधिएको स्पष्टीकरणको संयुक्त उत्तरमा उनीहरूले क्यानविरुद्ध ११ बुँदे मागपत्र पेस गरेपछि विषयले थप चर्को रूप लियो। दुई पटक सोधिएको स्पष्टीकरणमा खेलाडीहरू विरोध मात्र जनाएको भन्दै क्यानले कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँचसदस्यीय छानबिन समिति गठन गर्यो। त्यही समितिले बुझाएको प्रतिवेदनको आधारमा भन्दै बैठकले खेलाडीहरूविरुद्ध अनुशासनको कारबाही गरेको हो।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द भन्नुहुन्छ - "अनुशासन खेलाडीको सबैभन्दा ठूलो सम्पत्ति हो। त्यसबाट विचलित हुन थाल्यो भने प्रदर्शन नै प्रभावित हुन्छ। यो विषयमा खेलाडीहरू स्पष्ट हुन जरुरी छ।"
कारबाहीबाट क्यानले दुई कुरा स्पष्ट पार्न खोजेको देखिन्छस् पहिलो, सङ्घभन्दा ठूला खेलाडी होइनन् र दोस्रो, खेलाडीहरू आफ्नो सीमाभित्र बस्नुपर्छ। विवादको थालनी राष्ट्रिय टोलीका खेलाडीहरूको वर्गीकरणबाट भएको हो जुन सही नभएको भन्दै मल्ल र अन्य खेलाडीले विरोध जनाएका थिए। पहिलो गल्ती क्यानबाट भएको धारणा केही विश्लेषकको छ। खेलाडीहरूको वर्गीकरण गरेर क्यानले त्यसलाई सार्वजनिक गर्नुपर्नेमा खेलाडीहरूलाई एक्लाएक्लै बोलाउँदै सम्झौतामा हस्ताक्षर गरायो।
त्यतिबेला वर्गीकरण देखेकाले त्यसमा चित्त बुझाएनन्। तीमध्ये चार जनाले सार्वजनिक रूपमा त्यसप्रति असन्तुष्टि प्रकट गरे। कतिपय खेलाडीहरूले अझै सम्झौतामा हस्ताक्षर गरेका छैनन्। क्यान अधिकारीहरूले सम्झौताभित्र रहेका खेलाडीले सङ्घको कुरा सार्वजनिक गर्दा त्यो खेलाडी र क्यानकै लागि अनुपयुक्त भएको माने। चार खेलाडीलाई सोधिएको स्पष्टीकरणको संयुक्त उत्तरमा उनीहरूले क्यानविरुद्ध ११ बुँदे मागपत्र पेस गरेपछि विषयले थप चर्को रूप लियो। सामान्यता सङ्घले गरेको कारबाही भोग्नुको विकल्प खेलाडीहरूसँग छैन।
त्यसको अर्थ अर्को साताबाट पोखरामा हुने भनिएको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी भएमा यो अध्याय समाप्त हुनेछ। त्यहाँ फेरि नेपाली टोली सम्हाल्न आउनुभएका प्रशिक्षक पुबुदु दशानायकेले सन् २०२२ मा हुने टी-२० विश्वकप छनोटका लागि प्रशिक्षण थाल्नुहुनेछ। तर खेलाडी र क्यानको सम्बन्ध राम्रो हुन नसकेको इतिहास र आफ्नो माग पूरा गर्न क्यानसँग बारम्बार लड्नुपरेका कारण खेलाडी र क्यानबीच फेरि विवाद लम्बिन सक्ने आँकलन पनि कतिपयले गरिरहेका छन्। यद्यपि यो घटनाले नेपाली क्रिकेटको धेरै पाटोमा भने असर पर्ने देखिन्छ।
(बीबीसी नेपालीबाट साभार गरिएको)