महिला साफ च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुने
काठमाडौं, पुस ४ । १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारतको खेल हुँदैछ। बङ्गलादेशको ढाकामा खेलिने खेल दिउँसो पौने तीन बजे सुरु हुनेछ ।नेपालको ३ खेलमा ७ अङ्क छ । समान अङ्क भए पनि गोलअन्तरका आधारमा बङ्गलादेश पछाडि छ । भारतको तीन खेलमा ६ अङ्क छ । आज बराबरी खेले मात्र पनि नेपाल फाइनलमा पुग्नेछ । पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा श्रीलङ्कालाई ६–० र तेस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो ।
नेपालसहित भारत, भुटान, श्रीलङ्का र बङ्गलादेश गरी पाँच टोली सहभागी प्रतियोगितामा राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । उपाधिका लागि शीर्ष दुई टोली बुधवार खेल्नेछन् ।
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८ १०:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय