Kath Khabar
महिला रोग सम्बन्धी ल्याप्रोस्कोपी सर्जरी गर्ने बिरामीहरूको केन्द्रबिन्दु बन्दै एभरेष्ट अस्पताल


काठमाडौं, पुस ४। विगत २० वर्षदेखि एभरेष्ट अस्पतालले विभिन्न बिरामीलाई सेवा दिदै आएको छ । एभरेष्ट अस्पताल स्त्री रोग सम्बन्धी ल्याप्रोस्कोपी सर्जरी गर्ने बिरामीहरूको प्रथम केन्द्रबिन्दुको रुपमा बन्न पुगेको छ । ल्याप्रोस्कोपी सर्जरी भनेको पेटमा स–साना घाउ बनाई दुर्बिनको सहायताबाट तल्लो पेटका भित्री अंगका समस्या हेर्ने र उपचार गर्ने विधि हो ।

पछिल्लो समय एभरेष्ट अस्पतालबाट दुर्बिन मार्फत गरिने स्त्री रोगको उपचार ल्याप्रोस्कोपी विधीबाट सञ्चालनमा आए सँगै उपत्यकाभित्र र बाहिरका बिरामीहरूको लागि प्रथम रोजाइ बन्न पुगेको छ । गत भाद्र महिनाबाट सञ्चालनमा आएपछि यसमा ल्याप्रोस्कोपी गाइनोलोजिस्ट विशेषज्ञ डा.राजन शाह र उनको नेतृत्वको टिमले गत भाद्र महिना देखि सफल शल्यक्रिया गर्दै आउनुभएको छ ।

अस्पताल प्रशासनका अनुसार यस प्रविधिबाट देशको पूर्वदेखि सुदूरपश्चिमसम्मका बिरामी आएर शल्यक्रिया गराएका छन् । गएको महिनाको तथ्याङ्क हेर्दा मंसिर महिना मात्रै ३२ बिरामीले दुर्बिनको माध्यमबाट स्त्री रोग सम्बन्धी सफल शल्यक्रिया गराएका छन् ।

ल्याप्रोस्कोपीका विधिबाट शल्यक्रिया गराउँदा एक सेन्टिमिटर र आधा सेन्टिमिटरको स–साना प्वाल मात्र बनाइ शल्यक्रिया गरिन्छ । यसबाट बिरामीलाई दुखाई महसुस एकदमै कम हुने र बिरामीको शरीरबाट रगत एकदम कम खेर जाने गर्दछ । त्यस्तै, अन्य फाइदाहरूमा घाउ सानो हुने भएकोले चाडै सञ्चो हुनुको साथै घाउ पाक्ने सम्भावना पनि कम हुन्छ । यस शल्यक्रिया गरेको २४ घण्टाभित्र बिरामी हिँडडुल गर्न सक्ने भएकाले अस्पतालबाट चाँडै डिस्चार्ज हुन्छ । यसर्थ चाँडै आफ्नो दैनिक काममा फर्कन सक्छन् ।

यसका साथै एभरेष्ट अस्पतालमा महिलाहरूको समस्याको गरिने शल्यक्रियाहरू, पाठेघरमा मासु पलाएको निकाल्ने शल्यक्रिया, पाठेघर निकाल्ने शल्यक्रिया, अण्डा वा डिम्बाशयमा सिस्ट पलाएको शल्यक्रिया, बाजोपन वा नली बन्द भएको खुल्ला गर्ने लगायत महिलासँग जोडिएका थुप्रै समस्याको उपचार तथा शल्यक्रिया दुर्बिन मार्फत गरिन्छ ।

 

 

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update