क्रिसमसको समयमा हुने यात्राले ओमिक्रोन भेरियन्ट झन फैलाउने अमेरिकी विज्ञको चेतावनी
सिड्नी, पुस ५। अमेरिकी विज्ञहरुले क्रिसमसको समयमा ओमिक्रोन भेरियन्ट अझै तिब्र गतिमा फैलिन सक्ने चेतावनी दर्शाएका छन् । क्रिसमसमा हुने भिडभाड र यात्राले यो संक्रमण फैलिन सक्ने विज्ञहरुले बताउनुभएको हो।
अमेरिकी विज्ञ डा. एन्थोनी फाउचीले ओमिक्रोन असाधारण रुपमा विश्वभर फैलिएकोले क्रिसमसमा अनावश्यक भिडभाड नगर्न तथा लामो यात्रा नगर्न सुझाउनुभएको छ। उहाँले सर्वसाधारणहरूले मास्क लगाउने अनि सामाजिक दूरी कायम राख्नेजस्ता सावधानीका उपायहरू अपनाउनुपर्ने बताउनुभएको छ।
कोरोनाभाइरसको व्यापक उत्परिवर्तित स्वरूप फैलन नदिन कैयौँ राष्ट्रहरूले कडा नियमहरू लागु गर्दैछन्। जोखिम बढेपछि फ्रान्स र जर्मनीले यात्रा प्रतिबन्ध लागु गरेका छन्। नेदरल्यान्ड्सले पनि क्रिसमस नजिकिँदै गर्दा कडा लकडाउन लागु गरेको छ।
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८ १०:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय