Kath khabar
उत्तर कोरियामा किम जोङले लगाए ११ दिनसम्म हाँस्न तथा खुसी मनाउन नपाउँने प्रतिबन्ध

सोल, पुस ५। उत्तर कोरियाले आफ्ना नागरिकलाई ११ दिनसम्म हाँस्न, पिउन र किनमेल गर्न जान प्रतिबन्ध लगाएको छ । किमले शुक्रबारदेखि आगामी ११ दिनसम्म देशमा राष्ट्रिय शोक घोषणा गरेको बताइएको छ । जसका कारण यस अवधिका लागि नागरिकका सबै फुर्सदमा गरिने गतिविधिमा रोक लगाइएको छ ।

आफ्ना पिता किम जोङ-इलको १०औँ पुण्यतिथिको अवसरमा यो आदेश जारी गर्नुभएको हो। इलको १०औं वार्षिकी भएकाले यो वर्ष ११ दिनसम्म शोक मनाउने सरकारले निर्णय गरेको छ । हरेक वर्ष १० दिन शोक मनाउने गरिए पनि यो वर्ष भने ११ दिन मनाउन थालिएको हो । यो आदेशसँगै जन्मोत्सव पनि मनाउन पाइँने छैन।

उत्तर कोरियाका धेरै नागरिकले पनि किम जोङले लागू गरेको यी प्रतिबन्धको पुष्टि गरेका छन् । रेडियो फ्री एशियाले देशको सीमामा रहेको सिनुइजु सहरका बासिन्दालाई उद्धृत गर्दै सामान्य मानिस दैनिक उपभोग्य वस्तु किन्न घरबाट बाहिर निस्कन नपाउने बताएको छ । नियम उल्लङ्घन गर्नेलाई पक्राउ गर्नुका साथै कडा सजायको व्यवस्था पनि गरिएको छ ।

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update