ए डिभिजन लिगः आज पाँचौं चरणको अन्तिम एक खेल हुँदै
काठमाडौं, पुस ५। कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज पाँचौं चरणको अन्तिम खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
फ्रेन्ड्स र एपीएफबीचको खेल दिउसो १ः०० बजे सुरु हुनेछ । फ्रेन्ड्स र एपीएफ रेलिगेसन क्षेत्रमा रहेका छन् । दुबै टिम जित विहीन रहेका छन् । फ्रेन्ड्स ४ खेलमा २ अंक जोडेर १३ औं स्थानमा रहेको छ । आज एपीएफलाई हराउँदै फ्रेन्ड्स रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।
यता, एपीएफ ४ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ । एपीएफ फ्रेन्ड्सलाई हराएर पहिलो जित निकाल्ने योजनामा हुनेछ ।
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८ १०:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय