Kath Khabar
शस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलबाट सिमा तालिम समापन


काठमाडौं, पुस ६। राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा सिनियर अधिकृतहरूको लागि संचालित सि.सं. ३ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) सम्पन्न भएको छ ।  

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा पौष ५ गते आयोजित एक समारोहको बीच सो तालिमको समापन गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले संगठनलाई प्राप्त विभिन्न म्याण्डेडहरु मध्ये सीमा सुरक्षा एक महत्वपूर्ण म्याण्डेड भएको उल्लेख गर्नुहुँदै आगामी दिनहरुमा यस किसिमको तालिमलाई अझ प्रभावकारी ढंगले  अगाडि बढाउदै लैजाने बताउनुभयो । उहाँले राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तीका लागि संगठनमा आवद्ध राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूले आ–आफ्नो जिम्मेवारी सक्षम रुपमा इमान्दारितापूर्वक निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले प्रशिक्षार्थीले तालिमको दौरानमा आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा परिचालित हुँदा भरपूर उपयोग गरी आफूभन्दा पछिल्लो पिडीलाई समेत सिकाउँदै निःस्वार्थ भएर जिम्मेवारी निर्वाहमा क्रियाशील रहन निर्देशन दिनुभयो ।


 

 

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update