Kath khabar
बायर्न ९ औँ पटक जर्मन च्याम्पियन

जर्मन, वैशाख २६ । बायर्न म्युनिखले लगातार नवौ पटक जर्मन लिग बुन्डेसलिगाको उपाधी जितेको छ । गएराती निकटतम प्रतिद्धन्दी लाइपजिग बोरुसिया डर्टमन्ड संग तीन दुइ गोलले पराजित भएपछि बायर्न आफ्नो खेल अघिनै च्याम्पियन बनेको थियो ।

उपाधी पक्का भएसंगै मैदान उत्रिएको बायर्नले बोरुसिया मोन्चेग्लाग्बा माथि ६ शुन्य गोलको फराकिलो जीत हात पार्यो । उसका लागि रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गर्नुैभयो । लेवान्डोस्कीले खेल सुरु भएको दोस्रो मिनेटमानै बायर्नलाइ अग्रता दिलाउनुभएको थियो । २३ औं मिनेटमा थोमस मुल्लरले घरेलु टोलीका लागि दोस्रो गोल थप्नु भयो । ३४ औं मिनेटमा लेवान्डेस्कीले ब्यक्तिगत दोस्रो र टिमका लागि  तेस्रो गोल गर्नुभयो । ४४ औं मिनेटमा किङस्ले कोमनको गोल संगै बायर्नले पहिलो हाफमानै चार शुन्यको अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि उसले मोन्चेग्लाग्बालाइ खेलमा फर्कने कुनै मौका दिएन।

६५ औं मिनेटमा पेनाल्टिमा गोल गर्दै लेवान्डोस्कीले ह्याट्रिक पुरा गर्नुभयो । यो सिजनमा उहाँको बुन्डेसलिगामा यो ३९ औं गोल हो ।  लिगमा अझै दुइ खेल बांकी छ । गेर्ड मुल्लरले सन १९७१/७२ को बुन्डेसलिगामा ४० गोल गर्नु भएको थियो । ७५ औं मिनेटमा बायर्न दश खेलाडीमा समेटिएको थियो । सब्सिच्युट १८ वर्षिय तनी नोजु रातो कार्ड खादै मैदान बाट बहिरिनु भएको थियो। तर यसले बायर्नलाइ कुनै फरक परेन्  । ८५ औं मिनेटमा लियोरी सानेले गोल गरेपछि बायर्नले ६ शुन्यको प्रभावशाली जीत हात पार्यो । प्रशिक्षक हान्जी फ्लिकको यो लगातार दोस्रो लिग उपाधी हो । किर्तिमानी बायर्न ३१  पटक बुन्डेसलिगा च्याम्पियनको बनेको हो । 

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update