Kath Khabar
मेवामा पाइने पौष्टिक तत्वले सबैलाई फाइदा गर्दैन, यस्ता व्यक्तिहरूको लागि मेवा हुन्छ हानिकारक

काठमाडौं, पुस ६। मेवा सामान्यतया फरक फरक भुगोलमा पाइने तथा भिटामीन ‘सी’ को खानी भएको अद्भुद फल हो । मेवा यस्तो फल हो कि जुनसुकै ठाउँमा सजिलै पाउन सकिन्छ। यसमा फाइबर हुन्छ, खनिज, भिटामिन सी र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। यही कारणले गर्दा शरीरमा तौल घट्छ मेवालाई रोगबाट टाढा राख्न निकै फाइदाजनक मानिन्छ । हरेक दिन मेवा खाँदा मुटु रोग, मधुमेह, क्यान्सर र रक्तचापको समस्या हट्छ । तर कतिपयलाई मेवा हानिकारक हुन सक्छ। मेवामा पाइने पौष्टिक तत्वले सबैलाई फाइदा गर्दैन ।

थाहा पाउनुहोस् कस्ता व्यक्तिले मेवा खानु हुँदैन :
गर्भवती महिला - गर्भवती महिलाले मेवा खानु हुँदैन । मेवामा लेटेक्स र पपाइन हुन्छ, जसका कारण समय अगावै प्रसुती दुखाई सुरु हुन्छ। खासगरी मेवाले गर्भाशयलाई खुम्च्याउने गर्छ, भ्रुणलाई समर्थन गर्ने झिल्ली पनि कमजोर हुन सक्छ । तर, प्रायः नपाकेको मेवा खाँदा यस्ता समस्या आउन सक्छ ।

स्तनपान गराउने महिलाले खानबाट बच्ने - गर्भावस्थामा त मेवाको सेवन गर्नै हुँदैन । सुत्केरी महिलाहरुलाई पनि स्तनपान गराउञ्जेल मेवाको सेवन नगर्न नै सल्लाह दिने गर्छन् । किनकी मेवामा पपाइन नामक विषाक्त हुन्छ जुन साना बच्चाका लागि हानीकारक मानिन्छ। यसबाहेक, बच्चा जबसम्म एक वर्षको हुँदैन, उनीहरुलाई मेवा नखुवाउन नै सल्लाह दिने गरिन्छ ।

मुटुको धड्कन अनियमित भएका व्यक्तिहरू - मेवा खाँदा मुटुसम्बन्धी रोगको जोखिम कम हुन्छ, तर यदि तपाई पहिले देखि नै अनियमित मुटुको धड्कनको समस्याबाट ग्रसित हुनुहुन्छ भने मेवा तपाईको लागि हानिकारक हुनसक्छ। अध्ययनका अनुसार मेवामा केही मात्रामा साइनोजेनिक ग्लाइकोसाइड पाइन्छ। यी एमिनो एसिडहरू पाचन प्रणालीमा हुन्छन्। यो एमिनो एसिडले पाचन प्रणालीमा हाइड्रोजन साइनाइड बनाउन सक्छ। धेरै मात्रामा मेवा सेवन गर्नाले मुटुको धड्कन अनियमित हुने बिरामीको समस्या बढ्छ ।

एलर्जी भएका व्यक्तिहरू- एलर्जीबाट पीडित व्यक्तिहरूलाई पनि मेवाबाट एलर्जी हुन सक्छ। मेवामा चिटिनेज नामक इन्जाइम हुन्छ। यो इन्जाइमले शरीरमा क्रस-प्रतिक्रिया सिर्जना गर्छ। हाच्छ्युँ, सास फेर्न कठिनाइ, खोकी र आँखामा पानी आउने जस्ता समस्या हुन सक्छ ।

मृगौलाको पत्थरी भएका मानिसहरु- मेवामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । यसमा एन्टिअक्सिडेन्ट पाइन्छ। र मिर्गौलाको पत्थरीको समस्यालाई अझ बढाउने काम गर्न सक्छ। भिटामिन सी को अत्यधिक सेवनबाट क्याल्सियम अक्सालेट मिर्गौलाको पत्थरी बन्न सक्छ। यसले ढुङ्गाको आकार पनि बढाउन सक्छ । पिसाब फेर्न धेरै गाह्रो हुन्छ ।

घाँटीको समस्या - घाँटीको समस्या हुने व्यक्तिले मेवा खानु हुँदैन । यसले घाँटीलाई प्रभावित पार्न सक्छ ।

उच्च रक्तचापको औषधी खाने व्यक्तिले - मेवाले शुगरको स्तर कम गर्छ । त्यसैले, न्युन रक्तचाप भएका व्यक्तिले झुक्किएर पनि मेवा खानु हुँदैन । जबकी उच्च रक्तचापलाई नियन्त्रण गर्न औषधीको सेवन गर्ने व्यक्तिले भने चिकित्सकको सल्लाहमा मेवा अवश्यक खान सक्छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update