
काठमाडौं, पुस ६। नेप्सेमा हरियाली आउँदा लगानीकर्ताहरू उत्साहित देखिएकाछन् । अघिल्लो दिन १७ अंकले घटेको नेप्से आज मंगलबार भने ५६ दशमलव ७३ अंकले बढेर २४ सय १५ दशमलव ५६ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि ११ दशमलव ३४ अंकले बढेर चार सय ६२ दशमलव ५२ अंकमा पुग्न सफल भएको छ । आज दुई सय २६ वटा कम्पनीहरूको ३४ हजार दुई सय १६ पटकको कारोबारमा ४९ लाख ७४ हजार दुई सय ५३ कित्ता शेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा शेयर खरिद बिक्री हुँदा कारोबार रकम दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार आठ सय ४७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन्। ति मध्ये वाणिज्य बैक, फाइनान्स, निर्जीवन बीमा, विकास बैंक, जलविद्युत, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका सबै समुहको सूचक बढ्दा नेप्सेमा पुरै हरियाली देखिएको छ ।
कारोबार भएका कम्पनीहरू मध्ये आज ग्रीन डेभलपमेन्ट बैंक, मेगा बैंक, अरुण भ्याली हाइड्रो पावर कम्पनी, बोर्टलस नेपाल तराई लिमिटेड, कुमारी बैंक आदिको शेयर मूल्य बढेकाछन् भने गोर्खाज फाइनान्स, कालिका लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था आदि परेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, नबिल बैंक, नेपाल टेलिकम आदि परेकाछन् ।