भारतमा एकै दिन कोरोनाबाट ७ सय ९४ जनाको मृत्यु , डेढ लाखमा कोरोना संक्रमण पुष्टि
संक्रमित देशहरूमा भारत तेस्रो स्थानमा
काठमाडौंपछिल्लो समय भारतमा कोरोनाको दोस्रो लहर तिब्र रुपमा फैलिएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा डेढ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार एकैदिन एक लाख ४५ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ भने ७ सय ९४ जनाको संक्रमणबाट ज्यान गएको छ। यससँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ३२ लाख ५ हजार ९ सय २६ पुगेको छ। जसमध्ये १ करोड १९ लाख ९० हजार ८ सय ५९ जना संक्रमणमुक्त भएका छन्।
हाल भारतमा १० लाख ४६ हजार ६ सय ३१ जना सक्रिय संक्रमित रहेका छन्। यी संक्रमणसंगै संक्रमित देशहरूमा भारत तेस्रो स्थानमा छ।
प्रकाशित मिति: शनिबार, चैत २८, २०७७ २२:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय