बेलायत, वैशाख २६ । चेल्सि संग पराजित भएपछि म्यानचेस्टर सिटीले ईंग्लिश प्रिमियर लिगको उपाधीका लागि अर्को खेल सम्म कुर्नु पर्ने भएको छ ।
गएराती भएको खेलमा चेल्सिले सिटी माथि दुइ एक गोलको पुनरागमन जीत हात पार्यो । सुरुवाती अग्रता लिएपनि सिटीले त्यसलाइ जोगाउन सकेन् । ४४ औं मिनेटमा रहिम स्र्टलिङले सिटीका लागि गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा अग्रता दोब्बर बनाउने सुनौलो अवसर सिटीले गुमायो । चेल्सिका बिल्ली गिल्मोले गाब्रिएल जेजुसलाइ फाउल गरेपछि सिटीले पेनल्टि पाएको थियो । तर सर्जियो अग्वेरोको प्रहार चेल्सिका गोलकिपर इडेवार्ड मेन्डीले बचाए ।
यो गल्ति सिटीका लागि महंगो सावित भयो । ६३ औं मिनेटमा सेसर आपिलीक्वेटाको सहयोगमा हाकिम जियाचले खेल बराबरी गर्नुभयो । इन्जुरी समयमा मार्कोस अलन्सोले गोल गरेपछि चेल्सिले सिटीको च्याम्पियन बन्ने समय लम्बाइदियो । सिटीले प्रिमियर लिग उपाधी उचाल्न तीन अंक आवश्यक छ । युएफा च्याम्पियन्स लिगको फाइनलमा पनि यी दुइ टोलीको भेट हुँदैछ । फाइनल खेल आगामी मे ३० मा हुनेछ । लिभरपुलले साउथह्याम्पटनलाइ दुइ शुन्य गोलले पराजित गर्यो ।
घरेलु मैदानमा लिभरपुललाइ जीत दिलाउन ३१ औं मिनेटमा साडियो माने र ९० औं मिनेटमा थिएगोे आल्कान्टाराले गोल गर्नुभयो । लिभरपुल अर्को सिजनको च्याम्पियनस लिगमा स्थान बनाउने लक्ष्यमा छ । तालिकाको छैटौ स्थानमा रहेको लिभरपुलको ३४ खेलबाट ५७ अंक छ । यो जीतले चौथो स्थानमा रहेको लेस्टर सिटी माथि दवाब बढेको छ । साउथह्याम्पनटलाइ रेलिगेसजको खतरा बढेको छ । उसको ३५ खेलबाट ६३ अंक छ । लिड्सले टोटेनहमलाइ तीन एक गोलले हरायो । क्रिस्टल प्यालेसले शेफिल्ड युनाइटेड माथि दुइ शुन्यको जीत हात पारेको छ ।