Kath Khabar
कतै तपाईँलाई ‘पीसीओएस’ त भएको छैन ? के हो पीसीओएस ?

काठमाडौं, पुस ७। पीसीओएस भनेको महिलामा हुने एक प्रकारको हर्मोनको गड्बढी हो । पीसीओएस महिलालाई हुने एक समस्या पनि हो । जसलाई पोलिसाइटिक ओभरी सिन्ड्रोम पनि भनिन्छ । वास्तविक कारण थाहा नभएपनि यसका समस्यासँग विभिन्न तत्वहरु सम्बन्धित हुन्छन् । यी तत्त्वहरू अन्तर्गत इन्सुलिनको प्रतिरोध गर्ने, एन्ड्रोजेन नाम गरेको हर्मोनको मात्रा बढी हुने र महिनावारी अनियमित हुने गर्छ ।

जसमा महिलाहरूको डिम्बाशयले स–सानो र धेरै मात्रामा पानीको फोका बनाउँछ। अल्ट्रासाउन्ड गराउँदा १२ वटाभन्दा बढी अण्डाशयहरूमा धेरै अण्डाहरु देखिन्छ र अण्डाको आकार ठुुलो देखिन्छ । यो चाँहि मुख्यतया १५ देखी ४५ बर्षको महिलामा यस्तो समस्या हुने गर्दछ ।

यस्ता हुन्छन् लक्षणहरु
महिला उर्वरता नहुनुको प्रमुख कारण पीसीओएस पनि एक हो । यो समस्या भएका ८० प्रतिशत महिला मोटोपनको सिकार भएका छन् । यससँगै धेरै मात्रामा र नचाहिने ठाँउमा रौहरु पलाउने, जस्तै गालामा, हात गोडामा, छातीमा, गालामा धेरै मात्रामा डन्डिफोर आउने, बढि मात्रामा तौल बढ्नु, पेटमा बोसो जम्ने, धेरै मात्रामा कपाल झर्नु, मुटुमा समस्या देखिनु, डाईबिटिज हुनु जस्ता यसका लक्षणहरु हुन् । यस्ता लक्षणहरु देखिएमा हर्मोन लेबल हेर्ने रगतमा FNS,LH, Serum Estrogen, Serum Progesterone, Serum Testosterone को परिक्षण गर्नु पर्छ । यसका साथै USG Abd/ Pelvis Ultrasound गर्ने Sugar Level जाँच गर्ने गर्नु पर्छ ।

समाधानका उपाय के के हुन ?
दैनिकरूपमा शारीरिक व्यायाम गर्ने, सन्तुलित भोजन खाने प्रोटिन बढि र कार्वाेहाईडेट भएको खाना कम खानुपर्छ । त्यस्तै, दैनिकरूपमा आफ्नो स्वास्थ्यको परिक्षण गराउने, सुगरको जाँच गर्ने र सुगर देखिएमा डाक्टरको सल्लाह बमोजिम सुगरको औषधीहरु खाने ।

(डा. दिपमाला कार्की / स्त्री रोग तथा निःसन्तान विशेषज्ञ । हाल उहाँ एभरेष्ट अस्पतालमा कार्यरत हुनुहुन्छ।)


 

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update