Kath khabar
यू–१९ एसिया कप - आज हुने भनिएको नेपाल र बङ्गलादेशबीचको खेल भोलिका लागि सर्यो

काठमाडौं, पुस ८। १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाल र बङ्गलादेशबीच आज हुने भनिएको खेल भोलिका लागि सरेको छ ।

एसियन क्रिकेट काउन्सिलले नेपाल र बङ्गलादेशबीचको खेल एक दिनपछि सरेको जनाएको हो । यसअघि नेपाल र बङ्गलादेशबीचको खेल यूएईको सारजाहमा आज हुने तालिका थियो । समूह 'बी' मा नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत छन् । यस समूहका खेल शारजाहमा हुनेछ।

यस्तै, समूह ‘ए’ मा भने आयोजक युएई, भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर २६ मा खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ ।

दुबै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुबै सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ । फाइनल भने जनवरी १ मा हुने तालिका रहेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update