नयाँ दिल्लीमा क्रिसमस र नयाँ वर्षका कार्यक्रममा प्रतिबन्ध
दिल्ली, पुस ८। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस फैलिएपछि भारतको राजधानी नयाँ दिल्लीमा क्रिसमस र अग्रेजी नयाँ वर्षमा हुने कार्यक्रममा प्रतिबन्ध लगाइएको छ ।
दिल्लीको विपद् व्यवस्थापन निकायले दुबै पर्वमा हुने जमघटमा रोक लगाएको हो । नयाँ वर्षअघि नै संक्रमण फैलिने क्षेत्र पहिचान गर्न सो निकायले डिस्ट्रिक म्याजिस्ट्रेटलाई निर्देशन दिएको छ ।
संक्रमणको त्रासका कारण दिल्लीमा दिल्लीमा कुनै पनि प्रकारका सामाजिक, मनोरन्जन, धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न पनि रोक लगाइएको छ । पछिल्लो समय भारतमा ओमिक्रोन संक्रमित दिनहुँ बढिरहेका छन् । बुधबारसम्म २ सय १३ जनामा ओमिक्रोन संक्रमण भएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८ १६:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय