बङ्गलादेशमा डुङ्गामा आगलागी हुँदा कम्तिमा २७ जनाको मृत्यु, १०० जना घाइते
ढाका, पुस ९। बङ्गलादेशको राजधानी ढाकाबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको झलोकाटी जिल्लाको एउटा नदीमा शुक्रबार बिहान (फेरी) डुङ्गामा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने अन्य १०० जना घाइते भएका छन् ।
ढाकाबाट दक्षिणी बङ्गलादेशको बरगुना जिल्लामा करिब १,००० मानिस बोकेको उक्त डुङ्गा आगलागी भएको झलोकाटी जिल्लाका अधिकारी मोहम्मद नजमुल आलमले बताएका छन्।
(रासस-सिन्ह्वा)
प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८ १६:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय