‘ए’ डिभिजन लिगमा आज दुई खेल

काठमाडौँ, पुष ११। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुनेछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने पहिलो खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । संकटा ५ खेलमा ९ अंक जोडेर चौंथो स्थानमा रहेको छ । ब्रिगेड ब्वाइज ५ खेलमा ५ अंक जोडेर १० औं स्थानमा रहेको छ ।
दोस्रो खेल भने अपरान्ह ४ः४५ मा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी ५ खेलमा ९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । थ्री स्टार ५ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ । शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले हराउँदै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको थियोे ।
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८ १०:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय