काठमाडौं, पुस १३। नेपाल बङ्गलादेश बैंकको सञ्चालक समितिको बैठकबाट बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डेलाई नियुक्त गरेको जनाएको छ । बैंकिङ्ग क्षेत्रमा झन्डै २० वर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत हुनुहुन्थ्यो । पाण्डे फिलो चार्टड एकाउन्टेन्ट (एफसिए) हुनुका साथै उहाँले वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।
हालका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको कार्यकाल यही २०७८ साल पौष १६ गते सकिँदैछ । नवनियुक्त वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पाण्डेले आउँदो २०७८ साल माघ १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने जानकारी बैंकले दिएको छ ।
हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।