नेपालमा थप २६४ जनामा कोभिड १९ को संक्रमण पुष्टि
२ जनाको मृत्यु, २६० जना संक्रमणमुक्त
काठमाडौं, पुस १३। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा दुई सय ६४ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल १२ हजार पाँच सय ६६ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार पाँच सय ८८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई सय ६० जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या चार हजार नौ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८ १६:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय