Kath khabar
प्रावि तहका १३०९३ शिक्षकका लागि खुल्यो विज्ञापन


काठमाडौं, पुस १४। शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले आज प्रावि तहका १३०९३ पदमा विज्ञापन खुलाएको हो ।

आउँदो माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिनेछ। त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर अनलाइनमार्फत् दरखास्त दिन सकिने आयोगले जनाएको छ । यसअघि आयोगले मावि र निमावि तहमा पनि विज्ञापन खुलाइसकेको छ ।

 

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update