Kath Khabar
६८ जिल्लामा निषेधाज्ञा जारी 

काठमाडौं, वैशाख २६ । सरकारले ६८ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

गृह मन्त्रालय अनुसार कोरोना संक्रमण रोक्नको लागि भन्दै काठमाडौं उपत्यका सहित सातवटै प्रदेशका ६८ वटा जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको हो । ६८ जिल्लामा जारी गरिएको निषेधाज्ञामा जिल्ला अनुसार फरक फरक समय अनुरुप निषेधाज्ञा जारी गरिएको छ ।

यसअघि पहिलो पटक सरकारले कोरोना संक्रमण रोक्नको लागि १४ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको थियो भने पछिल्लो समय कोरोना संक्रमण मुलुकमा तीव्र रुपमा फैलिए सँगै थप जिल्लाहरुमा सरकारले निषेधाज्ञा जारी गरेको हो ।

 

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update